सेवा बारे

दैनिक जीवन सम्बन्धी परामर्श सेवा


हामी तपाईंको जापानकाे बसाइलाई समर्थन गर्न चाहन्छौं

जापानमा बस्दा, भाषा मात्र बाधा हुँदैन।
जीवनशैली संस्कृति, बानी, सामाजिक प्रणाली, कानुन, शिक्षा, र वरपरका मानिसहरूसँगको संचार जस्ता कुराहरूकाे फरक बारे

अलमल वा चिन्ता महसुस हुनु एकदमै स्वाभाविक कुरा हो।

नबुझेको कुराहरू, समस्या परेको कुराहरू, के गर्ने भनेर अलमलमा परेका कुराहरूभएमा
एक्लै नबस्नुहोस्, सल्लाह लिनुहोस्।
हामी तपाईंलाई हाम्रो विशेषज्ञहरूको सञ्जालसँग मिलेर सबैभन्दा राम्रो समाधान खोज्नमा समर्थन गर्न सक्छौं ।

तपाईंको समस्यामा सहयोग गर्ने विशेषज्ञ

हामी चिकित्सक, वकिल, न्यायिक लेखक, लेखापाल, नर्स, प्रसूति विशेषज्ञ, शिक्षक, अनुवादक, मनोवैज्ञानिक परामर्शदाता, व्यापार प्रशिक्षक, व्यापार परामर्शदाता लगायत विभिन्न विशेषज्ञहरूको सञ्जाल बनाएका छौं ।

परामर्श प्रक्रिया

■खर्च: निःशुल्क
■भाषा: जापानी, चिनियाँ, अंग्रेजी, नेपाली

※ परामर्शको विषय गोप्य राखिनेछ। तपाईंले नाम नखुलाएरै पनि परामर्श िलन सक्नुहुन्छ।
※विशेषज्ञको संलग्नता आवश्यक परेमा, हामी प्रत्यक्ष रूपमा विशेषज्ञ वा विशेषज्ञ संस्थालाई सिफारिस गर्न सक्छौं।
※अनुवाद वा साथमा जान आवश्यक परेमा, अतिरिक्त खर्च लाग्न सक्छ।

तपाईंले यी कुराहरूमा परामर्श गर्न सक्नुहुन्छ (परामर्श उदाहरण)

・रोग र स्वास्थ्य सेवा

・घरायसी समस्या, सम्बन्ध विच्छेद, पार्टनरसँगको झगडा

・विद्यालय र शिक्षकसँगको सञ्चार/समस्या
・बालबालिका पालनपोषण र शिक्षामा चिन्ता

• बालबालिकाको विकास सम्बन्धी चिन्ता (शारीरिक, मानसिक)

- शरणार्थी र विस्थापितहरूको जीवन समर्थन

・बसोबास अनुमति (भिसा)

・जापानको प्रणाली (पेन्सन, बीमा, कर आदि)
आदि

विभिन्न परामर्शहरू लिन सकिन्छ

दैनिक जीवनका प्रश्नहरू र समस्याहरूको समाधान, जापानी भाषा र जापानको दैनिक संस्कृतिको अध्ययन, र जापानी साथीहरूसँग अन्तरक्रिया गर्न सकिने