सेवा बारे

ओतोनारी-सान् फामिली फ्रेन्ड प्रोग्राम (OFP)

ओतोनारी-सान् परिवार-मित्र कार्यक्रम (OFP)

ओतोनारी-सान् फामिली फ्रेन्ड प्रोग्राम(OFP)भन्नाले,
विदेशी बासिन्दाहरूले क्षेत्रमा बसोबास गर्ने ओतोनारी-सान् (जापानी स्वयंसेवक) सँग जोडी बनाएर, अन्तरक्रियामार्फत्, जापानी जीवनमा अभ्यस्त गराउने कार्यक्रम हो।
यो कार्यक्रमले स्ठान, संस्कृति, र चलनमा सजिलै घुलमिल हुनका लागि सञ्चार सहयोग प्रदान गर्दछ।

ओतोनारी-सान् (जापानी स्वयंसेवक) बन्न चाहने व्यक्तिहरूको लागि यहाँ क्लिक गर्नुहोस्

“सहयोगको घेरा फराकिलो बनाऔं - OFP दर्ता शुल्क निःशुल्क अभियान” चलिरहेको छ!
<२०२४ नोभेम्बर देखि २०२५ जनवरी सम्मको जानकारी सत्रका सहभागीहरूका लागि>

के तपाईंलाई यस्ता समस्याहरू छन्?

जापानकाे बसाइलाई अझ रमाइलो बनाऔं

ओतोनारी-सान् फामिली फ्रेन्ड प्रोग्राम (OFP)का फाइदाहरू

जापानलाई अझ राम्रोसँग बुझ्न सकिन्छ

जापानमा अनौठो जीवनशैली, संस्कृति र समाजको संरचना छ। ओतोनारी-सान् हरूसँग जापानमा लामो समयको बसोबासकाेअनुभव छ।उनीहरूले दैनिक जीवनमा नबुझिएका कुराहरू, अझ बढी जान्न चाहिने कुराहरू, जीवनको ज्ञान, र जापानी संस्कृतिबारे धेरै कुरा सिकाउने छन्।

जापानी भाषा सुधार गर्न सकिन्छ

ओतोनारी-सान् हरूले तपाईंलाई दैनिक जीवनमा प्रयोग हुने जापानी भाषा स्वाभाविक रूपमा सिकाउन र जापानी भाषा सिक्नको लागि साथी बन्न मद्दत गर्छन्। यदि तपाईंसँग सजिलै अभ्यास गर्न सक्ने साथी छ भने, तपाईंको जापानी भाषामा छिटो सुधार हुनेछ।

जापानी साथी बनाउन सकिन्छ

ओतोनारी-सान् हरू तपाईंको समर्थक र असल साथी बन्नेछन्। विद्यालय वा कार्यस्थलको सम्बन्ध मात्र नभई, अन्य जापानी साथीहरू मार्फत नयाँ संसार चिन्नुहोस् र नयाँ सम्भावनाहरूको विस्तार गर्नुहोस्।

बालबालिकाले पनि जापानी साथीहरू बनाउन सक्छन्

संगै घुम्न जाने, पार्कमा खेल्ने, र जापानी परिवारसँग रमाइलो समय बिताउने माैका िमल्नेछ, जसले गर्दा अभिभावक मात्र होइन, बच्चाहरूलाई पनि जापानी साथीहरू बनाउन मद्दत पुग्छ।

सजिलै परामर्श लिन सकिन्छ

विदेशमा बसोबास गरिरहेका व्यक्तिहरूका लागि, नजिकै र सजिलै परामर्श गर्न सकिने व्यक्तिसँगको भेटघाट महत्वपूर्ण हुन्छ। अस्पताल, बैंक, बालविकास केन्द्र वा विद्यालय जस्ता कुराहरूमा, साना नबुझिएका कुराहरू थुप्रिएर ठूलो चिन्तामा परिणत हुन सक्छ। ओतोनारी-सान् तपाइका प्रश्नहरूको उत्तर दिनमा सहानुभूतिपूर्वक मद्दत गर्नेछन् ।


स्ठान विशेषका जानकारी पाइन्छ

नयाँ ठाउँमा सुरक्षित रूपमा बस्नको लागि, समुदायमा सामेल हुनु सबैभन्दा छिटो उपाय हो। नजिकै बस्ने ओतोनारी-सान् हरूले पर्यटक गाइडबुकमा नभएका "स्थानीय" राम्रो ठाउँहरू, विश्वास गर्न सकिने अस्पतालहरू, र ठाउ विशेषका कार्यक्रमहरूको जानकारी पनि दिन्छन्।

अन्य फाइदाहरू
तपाईं डाक्टर, वकिल, न्यायिक लेखक, स्वास्थ्यकर्मी, अनुवादक, शिक्षक जस्ता विशेषज्ञहरूसँग पनि परामर्श गर्न सक्नुहुन्छ
जापानी भाषा कार्यशाला, अन्तरक्रिया कार्यक्रमहरू पनि आयोजना भइरहन्छ

यो विश्वास गर्न सकिने कार्यक्रमहरूमध्ये एक हो! मैले आफैंलाई उपयुक्त ओतोनारी-सान् फेला पार्न सकेँ, र सधैं रमाइलो कुराकानी गरिरहेको छु।
(भियतनाम- ६ वर्षदेखि जापानमा - कम्पनी कर्मचारी)

ओतोनारी-सान् सँग संस्कृति आदानप्रदान गर्न पाउँदा धेरै रमाइलो लाग्यो! जापानी जीवनशैली र भाषाबारे पनि उहाँले सहयोगी रूपमा सिकाउनुहुन्छ, जसले मलाई धेरै मद्दत गरेको छ।
(अमेरिका, ७ वर्षदेखि जापानमा, कम्पनी कर्मचारी)

किनिएको बेन्ताे सामग्री धार्मिक कारणले खान मिल्छ कि मिल्दैन भन्ने थाहा नभएको बेला, सजिलै सोध्न र तुरुन्तै जानकारी पाउन सकियो, जसले गर्दा धेरै सहयोग भयो।
(जिबुती, जापान आएको १ वर्ष, स्नातकोत्तर विद्यार्थी)

गर्भावस्थामा मसँग म्याटरनिटी बेबी फेस्टामा जानु भएकोमा म खुशी छु!
(स्पेन - १ वर्षदेखि जापानमा - परिवारसँग बसोबास)

जब म सरल जापानी भाषामा लेखिएको पुस्तक खोज्दै थिएँ, मलाई कुन राम्रो हो भन्ने थाहा थिएन, तर ओतोनारी-सान् ले मलाई राम्रो देखिने पुस्तक खोज्न मद्दत गरे।
(चीन, जापान आएको १ वर्ष, कम्पनी कर्मचारी)

उनीहरूले बिस्तारै जापानी भाषामा बोल्छन्, जसले गर्दा कुरा गर्न धेरै सजिलो हुन्छ।
(भारत - जापान आएको १ वर्ष - कम्पनी कर्मचारी)

इन्टरनेटमा खोज्न नसकिने सिफारिस गरिएका पसलहरू र पर्यटक स्थलहरूको बारेमा जानकारी प्राप्त गरियो।
(चीन, जापानमा २ वर्ष, प्राविधिक विद्यालय विद्यार्थी)

संगै लुगा किन्न गयौं, खाना खान गयौं, रमाइलो कुराकानी भयाे।
(नेपाल - जापान आएको १ वर्ष - जापानी भाषा विद्यालयको विद्यार्थी)

ओतोनारी-सान् फामिली फ्रेन्ड प्रोग्राम (OFP) मा
सहभागी हुन चाहानु हुन्छ?

ओतोनारी-सान् फामिली फ्रेन्ड प्रोग्राम (OFP) भनेको विदेशी बासिन्दाहरूले स्थानीय जापानी स्वयंसेवक (ओतोनारी-सान्) सँग जोडी बनाएर, छ महिनासम्म एक-अर्कासँगको अन्तरक्रियामार्फत, जापानी भाषा अभ्यास गर्ने, जापानी जीवनशैली र संस्कृतिमा अभ्यस्त हुने, र समुदायमा सजिलै घुलमिल हुने उद्देश्यले सञ्चालित सञ्चार सहयोग कार्यक्रम हो।

OFP को संरचना

दर्ता निःशुल्क
सूचना सत्रको जानकारी प्राप्त हुनेछ ※ सूचना सत्रमा सहभागिता अनिवार्य छ

सूचना सत्रमा सहभागीता निःशुल्क हाे ।
प्रस्तुति पछि, सहभागी हुन चाहने व्यक्तिहरूले औपचारिक रूपमा दर्ता गर्नुहोस् (दर्ता शुल्क १,००० येन/व्यक्ति)
दर्ता पछि, OFP सदस्यहरूको गतिविधिमा सहभागी हुन सकिन्छ ।

दर्ता विवरणको आधारमा जोडीको सिफारिस गरिन्छ
साक्षात्कार पछि, दुवै पक्षको सहमतिमा जोडी गठन
जोडी बनेपछि, सदस्यता शुल्क भुक्तानी (प्रति व्यक्ति ३,००० येन)

६ महिनासम्म जोडीमा रही गतिविधि गर्नसक्नुहुनेछ ।
कार्यक्रमको अवधिभर समन्वयकले सहयोग गर्नेछन् ।
आवश्यक परेमा विशेषज्ञद्वारा सहयोग उपलब्ध रहनेछ ।

OFP विदेशीहरूसँगको भेटघाट मात्र होइन।
सकारात्मक र दीर्घकालीन सम्बन्ध निर्माण गर्न सहज बनाउन
विभिन्न आवश्यकतामा आधारित भएर सूक्ष्म रूपमा मिलान गर्छौं ।
९०% सहभागीहरूले गतिविधि समाप्त भएपछि पनि साथीको रूपमा निरन्तर सम्पर्क राख्न चाहन्छन्।
*कार्यक्रम समाप्त भएपछि गरिएको सर्वेक्षणको उत्तरको आधारमा

भाग लिने सर्तहरू प्रयोग सर्तहरू
・जापानमा बसोबास गर्ने विदेशीहरू (टोकियोका २३ वार्डहरू र वरपरका क्षेत्रहरू)
・जापान आएको करिब ८ वर्ष भित्र भएकाे हुनुपर्ने छ ।

दर्ता शुल्क र सदस्यता शुल्क छुट प्रणाली
विशेष परिस्थितिमा रहेका व्यक्तिहरूलाई छुट सुविधा लागू हुने छ ।
< उदाहरणका लागी>
– शरणार्थी, विस्थापित: दर्ता शुल्क र सहभागिता शुल्क माफ
– अपाङ्गता, रोग, एकल अभिभावक परिवार, कर नलाग्ने परिवार, अस्थिर रोजगार जस्ता अवस्थाका कारण आर्थिक भार धेरै भएको अवस्थामा: दर्ता शुल्क माफ, सदस्यता शुल्क आधा
– छात्रवृत्ति प्राप्त गर्ने वा शुल्क भार धेरै भएका विद्यार्थीहरू: सदस्यता शुल्क आधा हुनेछ
– अन्य कुनै विशेष आवश्यकताहरू भएमा: व्यक्तिगत परामर्श

दर्ता शुल्क (दर्ता गर्दा मात्र) : १,००० येन/व्यक्ति
・आवेदन र जानकारी सत्र निःशुल्क छन्
・गतिविधिहरूको सामग्री बुझेर, औपचारिक दर्ता गर्दा भुक्तानी गर्नुहोस्
・दर्ता पछि, विभिन्न OFP सदस्यहरूका लागि सचालित गतिविधिहरूमा सहभागी हुन सकिन्छ
(उदाहरण: सदस्यहरू बीचको भेटघाट, सरकलहरू आदि)

सदस्यता शुल्क (जोड़ी बनेको अवस्थामा): ३,००० येन/व्यक्ति
・जोडीको स्थापनाको प्रक्रिया व्यक्तिगतरूपमा भिन्न हुन्छ, त्यसैले यो सुनिश्चित गर्न सकिँदैन ।
・दुवै पक्ष सहमत भएमा जोडी गठन हुन्छ र सदस्यता शुल्क लाग्छ
भुक्तानी विधि: क्रेडिट कार्ड, बैंक स्थानान्तरण आदि
・एक जोडीको गतिविधि अवधि ६ महिना हो
・गतिविधिहरूको क्रममा समर्पित समन्वयकर्ता र विशेषज्ञले सहयोग गर्नेछन्
・नियमित गतिविधि अवस्थाबारे सर्वेक्षण मार्फत (महिनामा १ पटक) जानकारी साझा गरिन्छ र सहयाेग प्राप्त गर्न सकिन्छ

ओतोनारी-सान् (जापानी स्वयंसेवक) बन्न चाहने व्यक्तिहरूको लागि यहाँ क्लिक गर्नुहोस्

“सहयोगको घेरा फराकिलो बनाऔं - OFP दर्ता शुल्क निःशुल्क अभियान” चलिरहेको छ!
<२०२४ नोभेम्बर देखि २०२५ जनवरी सम्मको जानकारी सत्रका सहभागीहरूका लागि>

कार्यक्रमका नियमहरू पालना गरौं र रमाइलोसँग अन्तरक्रिया गरौं

ओतोनारी-सान् लाई अनुरोध गर्न नसकिने कुरा

・घरेलु काममा सहयोग
・बालबालिका र घरपालुवा जनावरहरूको हेरचाह
• आर्थिक सहयोग
・खाना तयार पार्ने र पछि सफा गर्ने
・किनमेल, बैंक वा हुलाक कार्यालयमा जाने जस्ता "कामहरू"
・घर वा बस्ने स्थानको व्यवस्थाकाे लागी अनुराेध
आदि
श्रम वा आर्थिक बोझ थोपर्न पाइने छैन।

प्रेम, भेटघाट, वा यौन सम्बन्धको उद्देश्यले सहभागी हुन पाइने छैन।

यस्ता "ओतोनारी-सान्" तपाईंलाई पर्खिरहेका छन्

म विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययन गर्दैछु। विदेशीहरू कसरी जापानी समाजमा घुलमिल गर्न सक्छन् र स्वीकार गरिन्छन् भन्ने चासोले म सहभागी भएको हुँ।

परिवारको साथ विदेशीहरूसँग अन्तरक्रिया गरेर, म चाहन्छु कि मेरा बच्चाहरूले संसारमा धेरै मूल्यहरू छन् र जापानी भाषा बोल्नेहरू मात्र छैन भन्न्ने अनुभव गरून् ।

विदेशमा बस्दा त्यहाँका मानिसहरूले धेरै कुरा सिकाएर मलाई धेरै मद्दत गरे, त्यसैले अब म जापानमा बस्ने विदेशीहरूको लागि केही गर्न चाहन्छु। संस्कृति र परम्पराको भिन्नता थाहा पाएमा मन अलिकति हल्का हुन्छ र बस्न सजिलो हुन्छ भन्ने लाग्छ।

जापानी भाषा बुझ्ने भए पनि बिरामी हुँदा मन कमजोर हुन सक्छ। अझै, चिनजानको कोही नभएको र भाषा नबुझ्दा अझै बढी चिन्ता लाग्न सक्छ। बिरामी हुँदा कुन अस्पताल जानु पर्छ भनेर सोध्न सक्ने कोही भएमा मन बलियो हुन्छ।

जापानमा बस्दा पनि साथी बनाउन नसकी आफ्नो देश फर्केका विदेशी परिचितहरू छन्, जुन धेरै दुःखको कुरा हो। उनीहरूले जापानमा आएको फाइदा उठाउँदै, यहाको राम्रो अनुभव गर्नुपर्छ।

विदेशी संस्कृति र फरक मूल्यहरूलाई अनुभव गर्न मन पर्छ। एकअर्काको संस्कृति प्रस्तुत गरेर रमाइलो समय बिताउन सक्ने साथी बन्न चाहन्छु।

ओतोनारी-सान् (जापानी स्वयंसेवक) बन्न चाहने व्यक्तिहरूको लागि यहाँ क्लिक गर्नुहोस्

अनुभव अन्तर्वार्ता

यो गतिविधि तल उल्लेखित अनुदानको सहयोगमा सञ्चालन भइरहेको छ।