टोकीयो महानगरको मेगुरो वार्ड अन्तर्गत शिमोमेगुरो पाँच-चोमे स्वयंसेवी संघ र मेगुरो हरामाचिकाईसँगको सहकार्यमा, पहिलो पटक बहुसांस्कृतिक अन्तरक्रिया कार्यक्रम आयोजना गरियो।
मेगुरो क्षेत्रमा बसोबास गर्ने विदेशी बासिन्दाहरूको संख्या बढ्दै जाँदा, टोल समिति कसरी स्थानीय बासिन्दा र विदेशी बासिन्दाबीच सम्बन्ध स्थापित गर्न सकिन्छ भन्ने कुरामा चिन्तित थियो, र टोल बासिन्दाहरूको सांस्कृतिक समन्वयको चेतना बढाउने पहल आवश्यक रहेको महसुस गरिरहेको थियो।
यस पटक, विदेशी संस्कृतिको आनन्द लिँदै गर्दा स्थानीय बासिन्दाहरूले विदेशी बासिन्दाहरूसँग प्रत्यक्ष रूपमा सम्पर्क गर्ने ठाउँ सिर्जना गर्ने र आपसी समझदारीलाई गहिरो बनाउने लक्ष्य राख्दै, अभिभावक र बच्चाहरूले रमाउन सक्ने अनौठो कार्यक्रमको अवधारणा सिर्जना गरियो।
यस कार्यक्रमलाई "बाल अन्वेषकहरूले संसारको यात्रा गर्ने साहसिक कार्य" को रूपमा परिकल्पना गरियो, जहाँ सहभागीहरूले विभिन्न देशका स्टलहरूमा मिठाईहरूको स्वाद लिँदै संसारको भ्रमणकाे अनुभव गर्नेछन्।
त्यो दिन ५० भन्दा बढी बालबालिकाहरूले भाग लिए!
बालबालिकाहरूले आफ्नो मौलिक "पासपोर्ट" हातमा लिएर विभिन्न देशका मिठाईहरूको स्वाद लिँदै प्रश्नहरूको उत्तर दिए। सही उत्तर दिएपछि स्ट्याम्प प्राप्त गर्ने र अन्वेषणकर्ता बनेर "मिठाईको यात्रा" पूरा गर्न सफल भए।
अन्वेषकको रूपमा संसारको परिक्रमा गर्दै 'मिठाईको यात्रा' को आनन्द लिँदै...
प्रश्नोत्तरीको माध्यमबाट विभिन्न देशहरूको बारेमा बुझ्दै गर्दा विश्व यात्रा अनुभव गरे।✨
स्टलहरू अमेरिका, चीन, जर्मनी, नेपाल, युक्रेन, सेनेगल, र इन्डोनेसिया गरी जम्मा ७ देशका थिए।
प्रत्येक देशको बुथमा, साेही देशका व्यक्तिहरू र ओतोनारी-सान् स्वयंसेवकहरूले सञ्चालनको जिम्मा लिएका थिए र हरेक स्टलले आफ्ना देशबारे जानकारी दिँदै मिठाईको परिचय गरायो।
इन्डोनेसियाको स्टलमा, स्थान उपलब्ध गराउने '徳心会 कोबुशिएन' मा काम गर्ने इन्डोनेसियाली केयर स्टाफले जिम्मेवारी लिएका थिए, जसले सामान्यतया स्थानिय बासिन्दाहरूसँग त्यति अन्तरक्रिया गर्ने मौका नपाउने भए पनि, यस कार्यक्रमको माध्यमबाट स्थानियहरूसँग गहिरो कुराकानी गरे र इन्डोनेसियाली संस्कृति र परम्परा बारे जानकारी दिए।
प्रत्येक देशलाई परिचय गराउने पोस्टरहरू सबै विदेशी नागरिकहरू आफैँले तयार पारेका थिए।ती पोस्टरहरू व्यक्तिगत र देशको विशेषता झल्काउने उच्च गुणस्तरीय डिजाइनका थिए र आगन्तुकहरूबाट अत्यन्तै प्रशंसा प्राप्त भयो🙌
कार्यक्रमको मध्यमा, 'अन्वेषण टोलीका कप्तान' बाट विशेष प्रश्नोत्तरी प्रस्तुत गरियो, जसले प्रश्नोत्तरी प्रतियोगितालाई अत्यन्तै रोमाञ्चक बनायो।
सबै जना, जन्मदिन, क्रिसमस, नयाँ वर्ष जस्ता चाडपर्वहरू विभिन्न देशहरूमा कसरी मनाइन्छ भन्ने बारेमा प्रश्नहरूको उत्तर दिन अभिभावक र बच्चाहरू गम्भीरतापूर्वक सोचिरहेका थिए। सही उत्तर पाउँदा "जितेँ!" भनेर खुशीले उफ्रिरहेका बच्चाहरूको छेउमा, केहीले जवाफ गलत हुँदा अलिकति निराश अनुहार देखाए।😣
क्विजको सही उत्तर यति अप्रत्याशित थियो कि सबैले "ए~😲" भन्दै ठूलो आश्चर्य व्यक्त गरे।
विशेष गरी, जर्मनीको क्रिसमसमा "सान्ता क्लजसँगै भूत पनि आउँछ" भन्ने जवाफले बच्चाहरूलाई ठूलो आश्चर्यमा पारिरहेको थियो😲

कार्यक्रमको अन्त्यमा, ओतोनारी-सान् स्वयंसेवकको बायोला प्रस्तुति 🎻सँगै, JII(जेआइआइ) ले समर्थन गरिरहेका युक्रेनी व्यक्तिले आफ्नो मातृभूमिको गीत प्रस्तुत गर्नुभयो।
गीत सुरु भएपछि, बच्चाहरू शान्तसँग बसे र सुन्दर गीत र धुनमा मोहित भएर सुन्न थाले♬😊
“यो साँच्चै अद्भुत कार्यक्रम थियो ✨”
"क्विजको सामग्री,धेरै गाह्रो नभएकोर नजिकको विषयवस्तु भएको, तर अप्रत्याशितताले भरिएको र धेरै रमाइलो थियो! मेरो छोराले स्कूलको गृहकार्यको डायरीको लागि क्विजको सामग्रीलाई विषय बनाएको थियो😆"
"बालबालिकाहरूले केवल नाम मात्र सुनेको देशका व्यक्तिहरूसँग कुरा गर्न पाए, ज्ञान प्राप्त गरे, र मिठाई पनि खान पाए ...😋"
सहभागीहरूबाट धेरै खुशीका आवाजहरू प्राप्त गर्यौं! उनीहरूले अत्यन्त सन्तोषजनक समय बिताए जस्तो देखिन् थियो । 🍀
बच्चाहरूले आफ्नो आँखा चम्काउँदै प्रत्येक स्टलका व्यक्तिहरूका कुरा सुन्दै, गम्भीरतापूर्वक प्रश्नोत्तरमा संलग्न भएको दृश्य अत्यन्तै प्रभावशाली थियो।
यस कार्यक्रमको माध्यमबाट स्थानिय विदेशी बासिन्दाहरूसँग प्रत्यक्ष कुराकानी गरी, सँगै रमाइलो गर्दा उनीहरूको मनमा “बहुसांस्कृतिक सहअस्तित्व कति रमाइलो हुन्छ।” भन्ने विचारको बीउ रोपिने आशा छ💡
पूर्व तयारीदेखि कार्यक्रमको दिनको व्यवस्थापनसम्म, एसभीपी(SVP)टोकियोको सहकार्य टोली, धेरै ओतोनारी-सान् स्वयंसेवकहरू र स्थानीय व्यक्तिहरूको सहयोगद्वारा, यस्तो अनौठो र रमाइलो कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सक्यौं!
अबदेखि पनि हरेक समुदाय संघसँग मिलेर, क्षेत्रीय स्तरमा बहुसांस्कृतिक समन्वयलाई व्यवहारमा उतार्न सकिने अवसरहरू सिर्जना गर्न चुनौतीहरू सामना गर्न चाहन्छौं!
